समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मन्त्रिपरिषद्ले बर्खास्त गर्दा चेपाङ समुदायमा बिजुली बाल्दै थिए कुलमान

ओलि सरकारले कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय लिँदा उनी जनताको मन जित्ने काम गर्दै थिए। संयोग यस्तो पर्यो कि कुलमान घिसिङ चेपाङ समुदायको अँध्यारो जीवन उज्यालो बनाउन पुगेकै बेला उनलाई पदबाट हटाइयो।

Advertisement

कुलमानले आफू बर्खास्त भएकै दिन मकवानपुर जिल्लाको विकट राक्सिराङ गाउँपालिकाको खैराङ दुर्गम बस्तीमा बिजुली बाल्ने कार्य सम्पन्न गरेका थिए। सोही अवसरमा उनले गाउँपालिकाका ९ वटै वडाका चेपाङसहित अन्य समुदायको घरमा बिजुली बाल्ने कार्यक्रमको उद्घाटन गरेका थिए।

Advertisement

चेपाङ समुदायलाई वर्षौँदेखि टुकी र दियालोको भरमा जीवन निर्वाह गर्न बाध्य बनाइएको थियो। त्यहीँ बिजुली पुगेपछि स्थानीयहरू हर्षित भएका थिए। बर्खास्तको निर्णय आउँदै गर्दा कुलमान आफ्नो जिम्मेवारी पूरा गर्न कटिबद्ध देखिए।

सरकारको यो निर्णयले सामाजिक सञ्जालदेखि आम नागरिकमा व्यापक प्रतिक्रिया निम्त्याएको छ। घिसिङलाई पुनः कार्यभार दिनुपर्ने माग गर्दै जनताले आवाज उठाइरहेका छन्। उनीमाथिको निर्णयले नेपालको ऊर्जा क्षेत्रमा कस्तो प्रभाव पार्ने हो, त्यो भने समयले देखाउनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article