समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

दिनदहाडै बिर्तामोडस्थित विराट अर्जुन उपभोक्ता सहकारी पसलबाट चोरी गर्ने युवक पक्राउ

बिर्तामोड, झापा । बिर्तामोड–४ स्थित विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको सहकारी पसलबाट दिनदहाडै चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवसताक्षी–७, झिलझिले निवासी २४ वर्षीय विवेक मगर रहेका छन्।

Advertisement

मगरले गत चैत २ गते बिहान ९:५४ बजे सहकारी पसलबाट १३ हजार ८०० रुपैयाँ चोरी गरेका थिए। पसलको सटर बन्द गरेर सञ्चालकहरू बैठक गरिरहेको समयमा मगरले चुकुल खोलेर चोरी गरेका थिए।

Advertisement

चोरीको घटनाको सिसिटिभी फुटेज सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। सोही फुटेजको आधारमा मगरलाई पहिचान गरी प्रहरीले पक्राउ गरेको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article