समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ठूलो मात्रामा लागूऔषध ब्राउन सुगर भित्र्याउन खोज्ने दुई भारतीय पक्राउ

झापा, नेपाल । नेपालमा लागूऔषध ओसारपसार नियन्त्रण गर्न सुरक्षाकर्मीहरू सक्रिय भइरहेका बेला दुई भारतीय नागरिक ठूलो मात्रामा ब्राउन सुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारत पश्चिम बंगाल उत्तर दिनाजपुर जिल्ला दाकोला गाउँका ३२ वर्षीय सम्साद खान र २७ वर्षीय साहेव अली रहेका छन्। उनीहरूलाई ९३ ग्राम ६४० मिलिग्राम (प्लास्टिकसहित) ब्राउन सुगरसहित पक्राउ गरिएको हो।

Advertisement

उनीहरूले लागूऔषध सेतो प्लास्टिकमा बेरेर पाइन्टभित्र लुकाई नेपाल भित्र्याउने प्रयास गरेका थिए। गएराति करिब ११ बजे मेचीनगर–६ स्थित मेची नदी पार गरी नेपालतर्फ पैदल आउँदै गर्दा सुरक्षाकर्मीहरूले उनीहरूलाई पक्राउ गरेका हुन्।

Advertisement

नेपालका सुरक्षा निकायहरूले सीमाक्षेत्रमा निगरानी कडा पारेका छन्। घटनाको बेला सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोली, सशस्त्र प्रहरी बलद्वारा परिचालित ल्याब्राडोर शिकारी कुकुर ‘जोजो’ र नेपाल प्रहरी लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले निगरानी गरिरहेका थिए।

चेकजाँचको क्रममा शंका लागेपछि ती दुईजनालाई रोकी खोजतलास गर्दा पाइन्टभित्र लुकाइएको ब्राउन सुगर फेला परेको थियो। पक्राउ परेका दुवैजनालाई लागूऔषधसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article