समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लागुऔषध सहित १ जना पक्राउ

पर्सा । पर्सा जिल्ला, बहुदरमाई नगरपालिका-६ भौराटारमा लागुऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले सफल कारबाही गरेको छ।

Advertisement

हिजो साँझ करिब ०५:३० बजे, प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गर्दै स्थानीय अमेरिका प्रसाद साह गोढको घर खानतलासी गर्दा ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ।

Advertisement

प्रहरीले गोठको दक्षिणतर्फ रहेको कोठामा सुनियोजित तरिकाले लुकाइ राखिएको १३ केजी गाँजा तथा प्लास्टिकले बेरी राखिएको लागुऔषध जस्तो देखिने २५० ग्राम पदार्थ बरामद गरेको छ। यस अतिरिक्त, कालो पदार्थ ४४.२६ ग्राम र खैरो पदार्थ २७.५४ ग्राम गरी जम्मा ७१.८० ग्राम लागुऔषध जस्तो देखिने पदार्थ फेला परेको छ।

घटनास्थलबाट बरामद लागुऔषधसहित अमेरिका प्रसाद साह गोढलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धानका लागि जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article