समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इटहरीको मुख्य चोकमा रहेको सपिङ कम्प्लेक्समा भीषण आगलागी

इटहरी, चैत १३ । इटहरीको मुख्य चोकमा रहेको सपिङ कम्प्लेक्समा आज भीषण आगलागी भएको छ। व्यवसायी राजेश श्रेष्ठद्वारा सञ्चालित व्यवसायिक भवनमा आगलागी हुँदा ठूलो क्षति भएको छ।

Advertisement

उक्त भवनमा लक्ष्मी सनराइज बैंक, बरन्डा होटल लगायत दर्जनौं व्यवसाय सञ्चालनमा रहेको छ। इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार आगलागी नौ तले भवनको चौथो र पाँचौँ तलाबाट सुरु भएको हो।

Advertisement

आगो नियन्त्रणका लागि चार वटा दमकल परिचालन गरिएको छ। सुरक्षाकर्मीहरूले भवनभित्र रहेका मानिसको उद्दार गर्दै आगो निभाउने प्रयास जारी राखेको डीएसपी भण्डारीले जानकारी दिए। आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको विवरण संकलन कार्य भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article