समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लागेर बालिकाको मृत्यु

सुनसरी जिल्लाको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लागेर एक ३ वर्षीया बालिकाको मृत्यु भएको छ।

Advertisement

मंगलबार दिउँसो छिमेकीको घरमा चार्जमा रहेको सिटी सफारीमा खेल्ने क्रममा स्थानीय सुदिप साहकी छोरी चन्दा साहलाई करेन्ट लागेको थियो। गम्भीर घाइते अवस्थामा रहेकी बालिकालाई उपचारका लागि जिल्ला अस्पताल सुनसरी लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

Advertisement

यस घटनाले घरमै सुरक्षित रूपमा विद्युतीय उपकरणहरू प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article