समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको ३८ बोरा युरिया मल प्रहरी नियन्त्रणमा

झापा, चैत १३ । झापामा भारतबाट अवैध रुपमा ल्याउँदै गरेको ३८ बोरा भारतीय युरिया मल प्रहरीले नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय कुमरखोदको टोलीले गएराति ९ बजे झापा गाउँपालिका-४ स्थित नयाँ टोलबाट मल बरामद गरेको हो।

Advertisement

प्रहरीका अनुसार, उक्त मल नेपालतर्फ लुकाई छिपाई बा. प्रदेश ०३–००१च १०३१ नम्बरको पिकअप भ्यानमा ल्याउँदै गरिएको थियो। प्रहरीले पिकअप भ्यानसहित मल नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि भद्रपुर भन्सार कार्यालय पठाएको छ।

Advertisement

यस घटनामा संलग्न सवारी साधनका चालक हालसम्म फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले फरार चालकको खोजी कार्य जारी रहेको जनाएको छ। साथै, प्रहरीले सीमावर्ती क्षेत्रहरूमा कडाइ गर्दै यस्ता अवैध क्रियाकलाप नियन्त्रण गर्न थप निगरानी बढाउने जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article