समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बिर्तामोडका चार सहकारी संस्थामाथि बचत फिर्ता नगरेको उजुरी

बिर्तामोड । बिर्तामोड नगरपालिकामा चार वटा सहकारी संस्थाविरुद्ध बचत फिर्ता नगरेको उजुरी परेको छ। समाजसेवी बचत तथा ऋण सहकारी संस्था, त्रिनेत्र बचत तथा ऋण सहकारी संस्था, देउराली बचत तथा ऋण सहकारी संस्था र गरामनी कृषि सहकारी संस्थाविरुद्ध उजुरी परेका हुन्।

Advertisement

नगरपालिकाका सहकारी अधिकृत मोहन सुवेदीका अनुसार त्रिनेत्र सहकारीविरुद्ध ७ जना, देउरालीविरुद्ध ४ जना तथा समाजसेवी र गरामनी सहकारीविरुद्ध एक-एक जनाले उजुरी दिएका छन्। छलफलपछि गरामनी कृषि सहकारी संस्थाले बचत फिर्ता गर्न थालेको भए पनि अन्य केही सहकारीका सञ्चालकहरू सम्पर्कमा आएका छैनन्। यसअघि बिर्तामोडको अर्को एक सहकारीविरुद्ध उजुरी परेको थियो, जसमा छलफलपछि सहमति भइसकेको छ।

Advertisement

बिर्तामोड नगरपालिकामा प्रदेश मातहतका ८८ तथा स्थानीय तह मातहतका ३२ सहकारी दर्ता रहेका छन्। तीमध्ये धेरै निष्क्रिय छन्। नियमित कारोबार नगर्दा सहकारीहरूले वार्षिक प्रतिवेदन नगरपालिकामा बुझाएका छैनन्। गत वर्ष प्रदेश मातहतका ४० तथा स्थानीय तहका १३ सहकारीले मात्र प्रतिवेदन बुझाएका थिए भने चालु आर्थिक वर्षमा क्रमशः ३३ र १६ सहकारीले प्रतिवेदन दिएका छन्।

सहकारीहरूलाई मासिक प्रतिवेदन तथा समष्टिगत फारम बुझाउनुपर्ने व्यवस्था भए पनि अधिकांशले पालना नगरेका कारण समस्या उत्पन्न भएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article