समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुरका कट्टेल दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिवमा नियुक्त

झापा । झापा भद्रपुर क्याम्पस मोडका पुरुषोत्तम कट्टेल दक्षिण एसियाली फुटबल महासंघ (साफ) को महासचिव नियुक्त भएका छन्।

Advertisement

साफको कार्यकारी समितिले कट्टेललाई महासचिव पदमा नियुक्त गरेको साफले जनाएको छ। अब उनले बंगलादेशका अनवारुल हकको स्थान लिनेछन्। सन् २०१५ देखि साफको महासचिव रहेका हकले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएपछि उक्त पद खाली थियो। पुरुषोत्तम कट्टेलले अब २०२५ अप्रिल १ देखि लागु हुनेगरी कार्यभार सम्हाल्ने साफले जनाएको छ।

Advertisement

साफको महासचिवको रुपमा काम गर्नुअघि कट्टेलले एसियाली फुटबल महासंघ (एएफसी) को हेड अफ युनिट अफ साउथ एसियाको भूमिकामा काम गरेका थिए, जहाँ उनले १७ वर्ष कार्य गरेको अनुभव छ। कट्टेलसँग फुटबल क्षेत्रमा सुशासनदेखि अन्तर्राष्ट्रिय सम्बन्ध, प्रतियोगिता विभाग लगायत धेरै क्षेत्रमा काम गरेको अनुभव छ।

साफ महासचिव नियुक्त भएपछि कट्टेलले आफू उत्साहित भएको र आफ्नो लागि चुनौती तथा अवसर रहेको बताएका छन्। उनले भने, ‘साफको महासचिव हुँदा म एकदमै खुसी छु । मेरो लागि ठुलो अवसर हो साथै चुनौती पनि हो। मैले फुटबलमा करियर सुरु गर्दा नै दक्षिण एसियालाई नजिकबाट हेरेको छु। यो क्षेत्र चुनौतीपूर्ण क्षेत्र हो तर साथै यो क्षेत्रमा धेरै अवसरहरु समेत छन्। मलाई विश्वास छ भविष्यमा यो क्षेत्र अझ राम्रो हुनेछ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article