समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

एसईई परीक्षार्थीहरूको सुविधाका लागि झापाको बिरिङ पुलमा विशिष्ट समयका लागि आवागमन खुला

झापा । झापा गाउँपालिका वडा नं ५ (पश्चिमतर्फ) र बाह्रदशी गाउँपालिका वडा नं २ (पूर्वतर्फ) सीमामा रहेको बिरिङ खोलाको केही बियरिङहरू परिवर्तन गरी नयाँ बियरिङहरू राख्नु पर्ने भएकाले करिब एक महिनाका लागि बिरिङ पुलबाट ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोक लगाइएको छ।

Advertisement

फागुन २९ गतेदेखि बन्द गरिएको पुलमा हाल मर्मत कार्य तीव्र गतिमा चलिरहेको छ। यस अवधिमा, दुई पांग्रे सवारीसाधनहरू भने सञ्चालनमा रहनेछन्।

Advertisement

यसैबीच, माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थीहरूको सुविधालाई ध्यानमा राख्दै, पुल दिनको दुई पटक खुला गरिने निर्णय भएको छ। बिहान ७ देखि ८ बजेसम्म परीक्षा केन्द्र जान र बिहान ११ देखि साढे १२ बजेसम्म परीक्षा सकेर फर्कन पुल खोल्ने व्यवस्था मिलाइएको छ।

स्थानीय प्रशासनका अनुसार निर्धारित समय अवधिभित्र मर्मत कार्य सम्पन्न गर्न आवश्यक तयारी भइरहेको छ भने सवारीसाधनका चालकहरूलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article