झापा , १४ चैत । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनावारीमा रहेको शान्ति सामुदायिक वनमा आगलागी भएको छ ।

बुधबार बेलुका ७ बजेको वनको सेक्टर नम्बर २ मा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

आगलागी स्थानीयबासी र प्रहरीको सहयोगमा नियन्त्रणको प्रयास भइरहेको छ भने आगोले घर भेट्ने सम्भावना नरहेको र तत्काल कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
फाइल तस्बिर