समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

उदयपुरमा श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या, पति प्रहरी नियन्त्रणमा

उदयपुर । उदयपुरगढी गाउँपालिका–५ मौवासीमा एक व्यक्तिले परपुरुषसँग लागेको आरोपमा श्रीमतीको गुप्ताङ्गमा घोँचो घुसारेर हत्या गरेका छन्।

Advertisement

हिजो दिउँसो १:३० बजे ४५ वर्षीय रमेश राईले ३४ वर्षीया श्रीमती सुभद्रा राईमाथि क्रुर हमला गरेका थिए। श्रीमतीले परपुरुषसँग अनैतिक सम्बन्ध राखेको आरोपमा विवाद हुँदा उनले गुप्ताङ्गमा घोँचो घुसारेका थिए। घातक हमलापछि सुभद्राको घटनास्थलमै मृत्यु भएको थियो।

Advertisement

स्थानीयको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीले रमेश राईलाई नियन्त्रणमा लिएको छ। पेशाले सडक मजदुर रहेका रमेशले आफू कामबाट फर्किंदा श्रीमतीलाई परपुरुषसँग भेटेको दाबी गरेका छन्।

रमेशका दुई श्रीमतीमध्ये सुभद्रा कान्छी श्रीमती रहेको बुझिएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article