समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

राष्ट्रिय परिचयपत्र बनाउन गएका वृद्धको प्रशासन कार्यालयमै लडेर मृत्यु

सल्यान । राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको जिल्ला प्रशासन कार्यालय परिसरमै लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका–७ टाट्के निवासी ७० वर्षीय टिकाराम वली रहेका छन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार, बिहीबार बिहान ११ बजेतिर वली राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए। कार्यालय बाहिर गेट नजिकै उनी अचानक लडेपछि गम्भीर घाइते भएका थिए।

Advertisement

प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार, लड्दा टाउकोमा गम्भीर चोट लागेपछि उनलाई तत्काल जिल्ला अस्पताल सल्यान लगिएको थियो। उपचारकै क्रममा दिउँसो अस्पतालले उनको मृत्यु भएको पुष्टि गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article