समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

दुर्गा प्रसाईंलाई जनकमान्डर तोक्दै राजसंस्था पुनर्स्थापना आन्दोलन अघि बढ्दै

काठमाडौं, चैत १४ । नवराज सुवेदी संयोजकत्वको ‘राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति’ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जनकमान्डरको जिम्मेवारी तोकेको छ।

Advertisement

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले प्रसाईंलाई जनकमान्डर चयन गरेको घोषणा गरेको हो। समितिका संयोजक सुवेदीले पत्रकार सम्मेलनमा बोल्दै भने, ‘संयुक्त जनआन्दोलन समितिमा जनकमान्डरको जिम्मा दुर्गा प्रसाईंलाई दिइएको छ। प्रसाईं नेतृत्वमा आह्वान भएको चैत १५ को आन्दोलनलाई हामी समर्थन गर्दछौं।’

Advertisement

समितिको आह्वानमा शुक्रबार तीनकुनेमा राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रदर्शन हुने भएको छ। पत्रकार सम्मेलनमा राप्रपा नेता प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शम्शेर राणा लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो। यसअघि, राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा नै राजसंस्था पुनर्स्थापना आन्दोलन अघि बढाउने घोषणा गरिसकेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article