समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

रुपन्देहीमा प्रहरी सई ३० हजार घुससहित पक्राउ

रुपन्देही । प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत प्रहरी सहायक निरीक्षक (सई) खिमबहादुर खड्का ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार खड्कालाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

Advertisement

खड्काले घरायसी प्रयोजनका लागि भन्सार छली सामान ल्याउन सहजिकरण गरिदिने भन्दै घुस लिएको आरोप छ। अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ बाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। हाल अख्तियारले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। समाचार राताेपाटीबाट साभार

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article