समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मादक पदार्थको असर: युवकद्वारा आफ्नो पेटमा बोतलको सिसा प्रहार गरी आत्महत्या

तेह्रथुम, चैत १५ । तेह्रथुम जिल्लामा एक युवकले अत्यधिक मादक पदार्थ सेवनपछि आफ्नो पेटमा बोतलको सिसा प्रहार गरी आत्महत्या गरेका छन्।

Advertisement

बिहीबार दिउँसो १२:४५ बजे तेह्रथुमको मेन्छ्यायेम-६, सिक्दिम निवासी ३२ वर्षीय मिलन लिम्बूले मादक पदार्थको अति सेवनपछि आफैंलाई बोतलको सिसाले घाइते बनाएका थिए। गम्भीर चोट लागेका लिम्बूको घटनास्थलमै मृत्यु भएको बताइएको छ।

Advertisement

हाल घटनाबारे जिल्ला प्रहरी कार्यालय तेह्रथुमले विस्तृत अनुसन्धान गरिरहेको छ। प्रहरीले मृतकको मानसिक अवस्था, घटनाका अन्य कारण तथा पारिवारिक पृष्ठभूमि बारे थप जानकारी संकलन गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article