समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

महिलामाथि अमानवीय व्यवहार, पोलमा बाँधेर कुटपिट: घटना सामसुम पार्न ६१ हजारमा मिलापत्र

दाङ, चैत १५ । दाङको घोराही उपमहानगरपालिका वडा नं. १० जलौरामा एक महिलामाथि निर्घात कुटपिट गरिएको घटना सार्वजनिक भएको छ। ९ चैतमा स्थानीय शिला चौधरीलाई घोराही-११ चाघुका गोपाल चौधरीसहित उनका आफन्तहरूले कुटपिट गरेका हुन्।

Advertisement

सुरुमा उनलाई घरभित्र कुटपिट गरियो भने पछि विद्युतको पोलमा बाँधेर थप कुटपिट गरियो। घटनाको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ, जसमा शिला अचेत अवस्थामा देखिन्छिन्, भने वरिपरि मानिसहरू भिडियो खिचिरहेका छन्।

Advertisement

स्थानीय स्रोतका अनुसार १० चैतमा पीडित र आरोपित पक्षबीच प्रहरी कार्यालय नारायणपुरमा ६१ हजार रुपैयाँको लेनदेन गर्दै मिलापत्र गरिएको थियो। मिलापत्रपछि घटना सामसुम पार्ने प्रयास भए पनि सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि पुनः चर्चा सुरू भएको छ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article