समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा १९ वर्षीया विमलाको शव हराएको १५ दिनपछि गाडिएको अवस्थामा फेला

इलाम । इलामको फाकफोकथुम गाउँपालिका–३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव हराएको १५ दिनपछि गाडिएको अवस्थामा फेला परेको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार शव फाकफोकथुम गाउँपालिका–२, धार्ने खोप दाहाल गोलाई भन्ने स्थानमा भेटिएको हो। हाल प्रहरीले शव उत्खननको कार्य गरिरहेको छ।

Advertisement

प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइने छ। मृतक विमलाको माइती देउमाई नगरपालिका, जितपुर रहेको छ। उनी गत चैत १ गतेदेखि बेपत्ता थिइन्।

विमलाका ससुरा कृष्णलाल गिरीले बुहारी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए। अनुसन्धानका क्रममा विमलाका श्रीमान् उमेश गिरी बेपत्ता पार्ने घटनामा संलग्न रहेको आशङ्का गरिएको छ। हाल उनलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article