समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

प्रहरी चौकी कोहवराको नव निर्मित भवनको समुद्दघाटन कार्यक्रम सम्पन्न

झापा, २०८१ चैत १५ । झापाको गौरादह नगरपालिका वडा नम्बर ६ दामुना बजारस्थित प्रहरी चौकी कोहवराको नव निर्मित कार्यालय भवनको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

Advertisement

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख  प्रहरी नायब महानिरीक्षक राजन अधिकारीज्यूले समुद्घाटन गर्नुभएको सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीको अध्यक्षता रहेको थियो।

Advertisement

कार्यक्रममा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फुलबति राजबंशी बिशिष्ट अतिथिको रूपमा रहनुभएको थियो भने जिल्ला सुरक्षा समिति झापाका पदाधिकारीहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उक्त नव निर्मित भवनको कुल लागत १,२४,९०,५८०।८० (एक करोड चौबिस लाख नब्बे हजार पाँच सय असी, असी पैसा मात्र) रहेको छ।

समुद्घाटन समारोहको अवसरमा प्रहरी चौकीको निर्माण कार्यमा सहयोग गर्ने जग्गादाता, गौरादह नगरपालिका वडा नम्बर ६ निवासी स्वर्गीय टेक नारायण ताजपुरियाका श्रीमती चम्पा देवी ताजपुरियालाई विशेष सम्मान प्रदान गरियो।

उक्त भवन निर्माणले प्रहरी सेवाको प्रभावकारिता वृद्धि गर्ने विश्वास स्थानीयवासीहरूले व्यक्त गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article