समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मुक्तिघाट सेवा समितिको  वार्षिक साधारण सभा सम्पन्न

झापाको हल्दीबारी -१ को मुक्तिघाट भवनमा एक कार्यक्रम बिच मुक्तिघाट सेवा समितिको आयोजनामा १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

Advertisement

हल्दीबारी वडा नं. १ का वडा अध्यक्ष देवीबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समितिका कोषाध्यक्ष टंकीनाथ योङ्हाङ्गले स्वागत मन्तव्य राख्नु भएको थियो ।वार्षिक आय व्यय अध्यक्ष यामप्रसाद चुडालले प्रस्तुत गर्नुभयो भने आर्थिक वर्ष २०८० / o८१ को आर्थिक विवरण कोषाध्यक्ष हिमालय प्रकाश कन्दङ्वाले प्रस्तुत गर्नुभएको थियो।

Advertisement

कार्यक्रममा मन्तव्य दिँदै गर्दा कुर्सीको आवश्यकता भएको जानकारी गराएकाले वडा कार्यालयबाट १० वटा कुर्सी निःशुल्क दिने वडा अध्यक्ष देवीबहादुर थापाले जानकारी दिनुभयो भने उपस्थित व्यक्तिहरूबाट जम्मा ४० वटा कुर्सी समितिलाई निःशुल्क हस्तान्तरण गरिने जानकारी गराइएको थियो।

कार्यक्रममा वडा सदस्य प्रकाश कार्की, शान्ता शिवाकोटी, लोकनाथ भण्डारी ,ध्रुव श्रेष्ठ, गीता राई ,निराजन दाहाल, डम्बर सिगु , सोमप्रसाद सुवेदी , टिका प्र पोडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा समितिका सचिव ओमकुमारी खनालले सञ्चालन गर्नुभएको थियो भने यामप्रसाद चुडालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article