समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कतार सरकारले जेल सजाय भोगिरहेका १८ नेपालीलाई आममाफी दिने

कतार सरकारले अमिरी आममाफीअन्तर्गत विभिन्न आरोपमा जेल सजाय भोगिरहेका १८ जना नेपाली कैदीलाई आममाफी दिने भएको छ।

Advertisement

यस वर्षको रमदान पर्वको अवसरमा कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका नेपाली कैदीहरूलाई आममाफी दिइएको हो।

Advertisement

नेपालको परराष्ट्र मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मुस्लिम समुदायको चाड रमजान र इद पर्वको अवसरमा कतार सरकारले देखाएको मानवियता तथा आपसी सम्बन्ध मजबुत बनाउने कदमको उच्च मूल्यांकन गरिएको जनाएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार, नेपाल सरकारले दोहास्थित नेपाली राजदूतावासमार्फत अनुरोध गरेपछि कतार सरकारले आममाफीको निर्णय गरेको हो।

नेपाल सरकारले यस कदमलाई नेपाल–कतारबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकको रूपमा लिएको जनाएको छ। इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व रमजान आज समापन हुँदैछ। भोलि इस्लाम धर्मावलम्बीहरूले इदउलफित्र पर्व मनाउने तयारी गरिरहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article