समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

काठमाडौंको तीनकुनेमा राजावादी प्रदर्शनका क्रममा प्रहरीको बन्दुक खोस्ने व्यक्ति पक्राउ

काठमाडौं, चैत १७ । शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रमा भएको राजावादी प्रदर्शनका क्रममा एक व्यक्तिले प्रहरीको बन्दुक खोसेको घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

Advertisement

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान गर्नका लागि अदालतबाट हिरासतको म्याद थप गरिएको छ। तर, हराएको बन्दुक भने अझै फिर्ता हुन सकेको छैन।

Advertisement

चैत १५ गते तीनकुनेस्थित मार्बल हाउस नजिक प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगामुढा प्रहार गरेका थिए। सोही क्रममा सशस्त्र प्रहरीले प्रयोग गर्ने अश्रु ग्यास प्रहार गर्ने बन्दुक प्रदर्शनकारीहरूले खोसेका थिए। प्रहरीले हराएको बन्दुक फिर्ता ल्याउने प्रयास जारी रहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article