समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा ११ वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

इलाम, चैत १३ । इलाम जिल्लाको चुलाचुली गाउँपालिका–६, तोरीबारी निवासी ५१ वर्षीय हेमबहादुर विश्वकर्मालाई ११ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ।

Advertisement

प्राप्त जानकारीअनुसार, चैत १३ गते दिउँसो करिब ४ बजे नाबालिका किराना पसलमा सामान किन्न गएको बेला आरोपीले एक्लोपनको फाइदा उठाउँदै उनलाई जबरजस्ती करणी गरेको बताइएको छ।

Advertisement

आज बिहान पीडितकी परिवारका सदस्यले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी पेल्टिमारीबाट खटिएको टोलीले हेमबहादुरलाई नियन्त्रणमा लिएको हो। उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखेर थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी सञ्जीव बोगटीले जानकारी दिएका छन्।

प्रहरीले घटनासम्बन्धी थप प्रमाण संकलन तथा कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article