समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको मेचीनगरबाट लागु औषध सहित दुई जना पक्राउ

झापा, २०८१ चैत १८ । झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दा क्षेत्रमा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको टोलीले भारतबाट मेचिखोलाको बाटो हुँदै नेपालतर्फ पैदल आउँदै गरेका दुई जनालाई शंका लागि जाँच गर्दा लागुऔषध फेला पारेको हो।

Advertisement

पक्राउ पर्नेमा भारत, दार्जिलिङ नक्सलबाडी थाना दयाराम बस्तीका २० वर्षीय विकास बैठा र झापा दमक नगरपालिका-१ दुसंचार टोलका ३६ वर्षीय नगेन्द्र बस्नेत रहेका छन्। जाँचका क्रममा बैठाले लगाएको पेन्टको कम्मरको भागमा लुकाइछिपाई ल्याएको ३ ग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article