समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

नेपाल आयल निगमले डिजेलको भाउ घटायो

झापा। नेपाल आयल निगम सञ्चालक समितिले डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ कटौती गर्ने निर्णय गरेको छ। निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त पछिल्लो खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आए पनि डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो।

Advertisement

निगमले उपभोक्तालाई राहत दिने उद्देश्यले डिजेल तथा मट्टितेलको भाउ घटाउने निर्णय गरेको जनाएको छ। पेट्रोलको मूल्य भने यथावत् रहेको निगमको भनाइ छ।

Advertisement

यस मूल्य समायोजनसँगै उपभोक्ताहरूलाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article