समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

राजावादी आन्दोलन: आगजनी, तोडफोडमा संलग्न थप १८ जना पक्राउ

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको आन्दोलनमा आगजनी तथा तोडफोडमा संलग्न थप १८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

Advertisement

काठमाडौं प्रहरी परिसरका अनुसार, विभिन्न स्थानबाट पक्राउ परेका व्यक्तिहरूले आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा भएको उक्त प्रदर्शन शान्तिपूर्ण दाबी गरिएको भए पनि, प्रदर्शनकारीले ढु‌ङ्गामुढा गर्दै प्रहरीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ।

Advertisement

प्रदर्शनकारीहरूले आफ्नै गाडी प्रयोग गरी प्रहरीको ज्यान लिने उद्देश्य राखेको प्रहरीको आरोप छ। साथै, डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सुरक्षाकर्मीलाई ढुङगा, लाठी, फलामका रड तथा घरेलु हतियारले प्रहार गरिएको थियो। पक्राउ परेका १८ जनामाथि हाल काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article