समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको कचनकवलमा आगलागी, लाखौंको क्षति

झापा, २०८१ चैत १९ । झापा जिल्लाको कचनकवल गाउँपालिका–१ मेची गाउँ निवासी ४१ वर्षीया रिता मेचेको घरमा आगलागी भएको छ।

Advertisement

आज अपराह्न ३:३० बजे चुलोबाट अचानक सल्किएको आगोले बाँस, खर र टिनको छाना भएको एक कोठे भान्सा घरमा क्षति पुगेको हो। आगलागी भएपछि प्रचौ घेरावारीबाट प्रहरी टोली खटिएको थियो। प्रहरी तथा स्थानीयबासिन्दाको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको छ।

Advertisement

आगलागीका कारण भाँडाकुँडा, अन्नपातलगायत गरी अनुमानित एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी स्रोतले जनाएको छ। आगलागी नियन्त्रणमा लिन करिब ४५ मिनेट लागेको थियो।

स्थानीयलाई सतर्कता अपनाउन आग्रह

प्रहरी तथा स्थानीय प्रशासनले चुलो तथा आगो प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ। आगलागीबाट हुन सक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सचेत रहन स्थानीयलाई आग्रह गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article