समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

घाँटीमा मासु अड्किँदा एक पुरुषको मृत्यु

अछाम, चैत २३ । अछामको साँफेबगर नगरपालिका–५ नवाठानामा घाँटीमा मासु अड्किएर एक पुरुषको ज्यान गएको छ।

Advertisement

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार ४२ वर्षीय डम्मरबहादुर कुँवरको खसीको मासु खाँदै गर्दा घाँटीमा अड्किएर मृत्यु भएको हो। चैते दसैँको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाँदा अकस्मात मासु अड्किएपछि कुँवर बेहोस भएका थिए। उपचारका लागि तत्काल बयालपाटा अस्पताल पुर्‍याइएकोमा आज दिउँसो १२ बजे मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए।

Advertisement

घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article