समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

घण्टी बजाउँदै रास्वपाको ‘जनयात्रा’ सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज चितवनको भरतपुर–१० स्थित गेष्ट हाउस चौरबाट ‘जनयात्रा’ सुरु गरेको छ। पार्टीका उपसभापति, सांसद तथा केन्द्रीय सदस्यहरूको उपस्थितिमा घण्टी बजाएर औपचारिक रूपमा यात्राको शुभारम्भ गरिएको हो।

Advertisement

कार्यक्रममा सभापति रवि लामिछानेले महत्वपूर्ण कुरा सार्वजनिक गर्ने घोषणा गरेका थिए। तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि उनी हाल प्रहरीको हिरासतमा रहेका छन्।

Advertisement

पक्राउ पर्नुअघि लामिछानेले जनयात्रा नरोक्न निर्देशन दिएका थिए। उनले सभामा आफू गृहमन्त्री रहेको बेला प्रचण्ड नेतृत्वको सरकार किन ढालियो भन्ने विषयमा खुलासा गर्ने बताएका थिए।

रास्वपाले जनयात्रा मार्फत जनताको बीचमा पुगी आफ्ना एजेन्डा प्रस्तुत गर्ने बताएको छ। पार्टीले लामिछानेको अनुपस्थितिमा पनि यात्रा निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article