समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

करेन्ट लगाएर माछा मार्नेमा एक लाख रुपैयाँसम्म जरिवाना

सङ्खुवासभा । सभापोखरी गाउँपालिकाले करेन्ट लगाएर माछा मार्ने कार्यलाई नियन्त्रण गर्न कडा कदम चालेको छ। गाउँपालिकाले सभाखोला र लङ्खुवा खोलालाई निषेधित क्षेत्र घोषणा गर्दै, ती क्षेत्रमा करेन्ट लगाएर माछा मार्नेहरूलाई एक लाख रुपैयाँसम्म जरिवाना गरिने निर्णय गरेको छ।

Advertisement

सभापोखरी गाउँपालिकाको चैत २१ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। उपाध्यक्ष लक्ष्मी चापागाईंका अनुसार, खोलाको संरक्षण सुनिश्चित गर्न यो कदम चालिएको हो। “निषेधित क्षेत्रमा माछा मार्नेलाई अब कडाइका साथ कारबाही गरिनेछ,” उनले भनिन्।

Advertisement

त्यस्तै, जाल, बल्छी, घरुवा वा दुवालीको प्रयोग गरी माछा मार्ने व्यक्तिलाई ५० हजार रुपैयाँसम्म जरिवाना गरिने निर्णय पनि कार्यपालिकाले गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यका अनुसार, जरिवाना असुलीको लागि प्रहरी प्रशासनको सहयोग लिइनेछ। प्रकाउ गरिएका व्यक्तिबाट असुल गरिएको जरिवानाको १५ प्रतिशत सम्बन्धित प्रहरी प्रशासनलाई प्रोत्साहनस्वरूप प्रदान गरिने उनले बताए।

साथै, माछा मार्नेको बारेमा गोप्य सूचना दिने व्यक्तिलाई जरिवानाको ५ प्रतिशत प्रोत्साहनस्वरूप दिने निर्णय पनि गरिएको छ। जरिवाना असुल गर्न नसकिए कानुनी प्रक्रिया अघि बढाइने र नेपाल सरकारको प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरिने गाउँपालिकाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article