समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

जुत्ता लुकाउने परम्पराले विवाह नै तोडियो : बेहुलीविना फर्किए बेहुला र जन्ती

उत्तर प्रदेश, भारत – परम्परागत रूपमा रमाइलो मानिने बेहुलाको जुत्ता लुकाउने चलनले यसपटक एक विवाह नै रद्द गराएको छ। उत्तर प्रदेशको बिजनौरस्थित नजीबावादका खुर्शीदकी छोरीको विवाह शनिबार देहरादुनका मोहम्मद साबिरसँग हुँदै थियो।

Advertisement

विवाह समारोहको दौरान बेहुली पक्षले परम्पराअनुसार बेहुलाको जुत्ता लुकाए र फिर्ता गर्नका लागि ५० हजार रुपैयाँ माग गरे। तर बेहुला पक्षले मात्र ५ हजार रुपैयाँ दिने प्रस्ताव गरेपछि विवाद चर्कियो।

Advertisement

रमाइलोको रूपमा सुरु भएको परम्परा झगडामा परिणत हुँदा दुवै पक्षबीच तकरार बढ्न थाल्यो। बेहुला पक्षले आफूहरूलाई बेहुली पक्षले कुटपिट गरेको आरोप लगाए भने, बेहुली पक्षले बेहुला पक्षबाट विवाहमा कारको माग गरिएको गुनासो गरे।

विवादले उग्र रूप लिएपछि प्रहरी बोलाइयो र दुबै पक्ष प्रहरी कार्यालयमा पुगे। अन्ततः दुवै पक्षले विवाह रद्द गर्ने निर्णयमा पुगेका छन्। यो निर्णयसँगै बेहुला र जन्ती बेहुलीविना नै घर फर्किएका छन्। परम्परा कहिले रमाइलो, कहिले तनावको कारण बन्न सक्छ भन्ने उदाहरण बनेको छ यो घटना।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article