स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लकडाउन हतारमा हटाएमा घातक हुने : विश्‍व स्वास्थ्य संगठन

काठमाडौं , विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि विश्वभर गरिएको लकडाउन हतारमा हटाउन नहुने विश्‍व स्‍वास्‍थ्‍य संगठनले जनाएको छ । विश्‍व स्‍वास्‍थ्‍य संगठनले विश्वभर गरिएको लकडाउन हटाउन हतार गरेमा कोरोना घातकरुपमा फैलिनसक्ने बताएको छ ।

Advertisement

कोरोनाभाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमित हुनेको संख्या तीव्र रुपमा बढेकाले यस्तो अवस्थामा हतारिएर लकडाउन हटाउन नहुने र हटाएमा घातक हुने विश्‍व स्वास्थ्य संगठनले चेतावनी दिएको छ ।

Advertisement

बीबीसीका अनुसार विश्‍व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अदानम गिब्रियेससले सबै मुलुकले लकडाउन हटाउने बारेमा विचार गर्नुपर्ने बताए । उनले केहि देशमा लकडाउन खुकुलो बनाएकोमा असन्तुष्टी समेत जनाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article