समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सुप्रिम सहकारी प्रकरण : रवि लामिछाने कारागार चलान

झापा, चैत्र २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागार चलान गरिएको छ। लामिछानेलाई प्रहरीले रुपन्देही जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशअनुसार जिल्ला कारागारमा चलान गरेको हो।

Advertisement

शुक्रबार राति काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ परेका लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो। सार्वजनिक बिदाका कारण दुई दिनसम्म उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो।

Advertisement

बुटवलस्थित सुप्रिम सहकारीमा भएको ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा लामिछानेमाथि अनुसन्धानका लागि उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थुनामा राख्न आदेश दिएको थियो। सोही आदेशअनुसार प्रहरीले उनलाई पक्राउ गरेको हो।

आज जिल्ला अदालतमा पेश गरेपछि लामिछानेलाई थुनुवा पूर्जी दिइएको र त्यसपछिको कानुनी प्रक्रियाअनुसार अहिले उनको स्वास्थ्य परीक्षण भइरहेको Rupandehi जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्वास्थ्य परीक्षणपछि उनलाई जिल्ला कारागारमा राखिनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article