समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

तीनकुने घटनामा संलग्नताको आशंकामा एनी कुँवर पक्राउ

काठमाडौँ, चैत २५ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले अभिनेत्री एनी कुँवरलाई पक्राउ गरेको छ।

Advertisement

प्रहरीका अनुसार यही चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा भएको प्रदर्शनसँग सम्बन्धित घटनाको अनुसन्धानका क्रममा उनलाई ललितपुरबाट पक्राउ गरिएको हो।

Advertisement

प्रहरी उपरीक्षक अङ्गुर जिसीले पत्रकार सुरेश रजकको जलेको घरमा एनी कुँवर देखापरेको र त्यसै विषयमा अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “बिना अनुमति कसैको घरमा पस्नु गलत हो, त्यसैले अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।” प्रदर्शनको पृष्ठभूमि र अन्य संलग्न व्यक्तिबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article