समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको सामुदायिक वनमा सडेगलेको अवस्थामा महिलाको शव फेला

फाइल तस्विर, झापा । झापाको अर्जुनधारा नगरपालिका-१ स्थित हलुवागढ सामुदायिक वनमा एक महिलाको सडेगलेको अवस्थामा शव फेला परेको छ। इलाम जिल्लाको रोङ गाउँपालिका-२ बर्फल्याङ निवासी ६२ वर्षीया सीतादेवी खड्काको शव स्थानीयले सोमबार दिउँसो भेटेका हुन्।

Advertisement

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घाँस काट्न गएका स्थानीयले वनभित्रको आँपखोल्सी भन्ने स्थानमा कपाल र हाडखोर मात्रै देखेपछि प्रहरी चौकी शनिश्चरेमा जानकारी गराएका थिए। प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा शव सीतादेवीको भएको पुष्टि भएको हो।

Advertisement

मानसिक अवस्था ठिक नभएकी सीतादेवी गत माघ २८ गतेदेखि हराएकी थिइन्। यसअघि पनि उनी केहीपटक हराएकी थिइन् भने हराएको जानकारी परिवारले प्रहरीमा निवेदनमार्फत दिएका थिए। कपडाको आधारमा शवको पहिचान गरिएको र मृतकका छोरीले शव बुझेर लगेको प्रहरीको भनाइ छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article