समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

अवैध आँपका बिरुवा बरामद: भन्सार छली गरी ल्याइएका ७०० बिरुवा नियन्त्रणमा

झापा, चैत २६ – जिल्ला झापा भद्रपुर नगरपालिका–८ बाट प्रहरीले अवैध रुपमा भारतबाट ल्याइएका करिब ७०० वटा आँपका बिरुवा बरामद गरेको छ।

Advertisement

आज साँझ ४:१० बजे वडा प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले लुकाइछिपाई राखिएको ती बिरुवा फेला पारेको हो। प्रहरीका अनुसार ती बिरुवा भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएको थियो।

Advertisement

प्रति बिरुवा रु. ४०० को दरले कुल मूल्य करिब रु. २,८०,००० बराबरको ती बिरुवाहरू आवश्यक कारवाहीका लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ।

यस किसिमको अवैध पैठारीले कृषिमा प्रयोग हुने सामग्रीको गुणस्तरमा प्रश्न उठ्ने र कानुनी प्रक्रिया उल्लंघन हुने भएकाले प्रहरीले थप निगरानी बढाउने जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article