समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको हल्दिबारीमा चट्याङ लागेर दुईवटा खजुरको बोटमा आगलागी

झापा, हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं–३ स्थित शिकारीबारी टोलमा चट्याङ लागेर आगोलागी भएको छ। पार्वती किस्कुको घर नजिकै रहेको खजुर जातका दुईवटा बोटमा आज बिहान करिब ६ बजे तिर चट्याङ पर्दा आगोलागी भएको हो।

Advertisement

स्थानीयवासीका अनुसार चट्याङले बोटमा आगो लागेपछि तत्कालै जनप्रतिनिधि र प्रहरीलाई खबर गरिएको थियो। आगोलागीको जानकारी पाउने बित्तिकै वडा नं–३ का जनप्रतिनिधि, जलथल प्रहरी चौकी र गाउँपालिकाको जे.सि.भी.को सहायतामा आगो नियन्त्रणमा लिइएको हो।

Advertisement

वडा अध्यक्ष विष्णु प्रसाद ओलीका अनुसार आगोलागीले कुनै मानवीय क्षति भने भएको छैन। समयमै जानकारी पाइएकोले आगो फैलिन नपाई नियन्त्रणमा लिइएको अध्यक्ष ओलीले बताए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article