समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको गौरादहमा चट्याङ लागेर एक जनाको मृत्यु

झापा, चैत २७ । जिल्ला पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं. ३ आरुभोटे स्थायी घर भई हाल झापा जिल्लाको गौरादह नगरपालिका वडा नं. ५ बालुबथानमा बसोबास गर्दै आएका दुध कुमार लावतीको चट्याङको झट्काले मृत्यु भएको छ।

Advertisement

आज बिहान करिब ७:०० बजेको समयमा ५४ वर्षीय लावती किचन कोठामा खाजा खाने क्रममा पानीसँगै परेको चट्याङको झट्का लाग्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ।

Advertisement

लावती गौरादहस्थित गोमनाथ चेम्जुङको घरमा अधिया खेती गर्दै बस्दै आएका थिए। घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थलमा खटिएको थियो।

प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी मृतकको शव पोष्टमार्टमको लागि दमक अस्पताल पठाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article