समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

धनुषा एकता परिवारलाई होम चुडालद्वारा ५ लाख मूल्य बराबरको जमिन प्रदान

हल्दिबारी, २७ चैत्र । हल्दिबारी–५ स्थित धनुषा एकता परिवारको नवनिर्मित भवनको शिलान्यास पूर्व वडा नं. ४ का अध्यक्ष तथा नेपाली कांग्रेस हल्दिबारीका उपाध्यक्ष होम प्रसाद चुडालले धार्मिक विधिअनुसार बुधबार बिहान गरेका छन्।

Advertisement

झन्डै ३५ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको उक्त भवन निर्माणका लागि चुडालले ५ लाख रुपैयाँ मूल्य बराबरको १० धुर जमिन निःशुल्क रूपमा प्रदान गरेका हुन्। धनुषा एकता परिवारका अध्यक्ष बलराम गिरि, टिकाराम सुवेदी, चन्द्र तामाङलगायतको सक्रियतामा स्थानीय जनश्रमदानमार्फत भवन निर्माणको काम अगाडि बढाइएको हो।

Advertisement

सामाजिक सेवा र परोपकारी कार्यमा अग्रसर रहँदै आएका चुडालले यसअघि पनि विभिन्न ठाउँमा निःशुल्क जमिन दान गरेका छन्। उनले गोरीमाया दर्जीलाई १० धुर, जलथल खोप केन्द्रलाई १० धुर, र नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिको भवन निर्माणका लागि ३ कठ्ठा जमिन प्रदान गरेका थिए। त्यसैगरी, कोभिड–१९ महामारीको समयमा रोजगारी गुमाएका मजदुरहरुलाई करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री घर–घरमै पुर्‍याएर वितरण गरेका थिए।

स्थानीयस्तरमा सामाजिक कार्यमा सक्रिय योगदान दिँदै आएका चुडालको यो योगदानले समुदायमा सकारात्मक सन्देश फैलाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article