समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलामको जिरोमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

(फाइल तस्विर) इलाम, चैत २८ । इलाममा गएराति भएको एक ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ। इलाम नगरपालिका–७ जिरोस्थित मेची राजमार्गमा भएको उक्त दुर्घटना राति १०ः५० बजे भएको हो।

Advertisement

धोबिधाराबाट जिरोतर्फ जाँदै गरेको को १ त ७३४१ नम्बरको खाली ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट दुर्घटना भएको इलाम प्रहरीले जनाएको छ। दुर्घटनामा परेका चालक, अन्दाजी ४० वर्षीय सुवास तामाङ (जिल्ला इलाम निवासी, ठेगाना नखुलेको) गम्भीर घाइते भएका थिए।

Advertisement

घटनापछि उनलाई तत्कालै उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको थियो। तर, राति ११ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

इलाम जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमा मुचुल्का उठाउने र कानुनी प्रक्रिया अगाडि बढाउने कार्यका लागि प्रहरी टोली खटिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article