समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

धरानको जंगलमा भेटिएको शवको पहिचान: ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकी

धरान । धरान उपमहानगरपालिका–६ स्थित पाँचकन्या जंगलमा फेला परेको महिलाको शवको पहिचान ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको रूपमा भएको छ।

Advertisement

उनी धनकुटा महालक्ष्मी नगरपालिका–१ की बासिन्दा हुन् भने हाल इटहरी–२, हलगडामा छोरासँगै भाडामा बस्दै आएकी थिइन्। गत सोमबार गोठालोले जंगलमा लसुने रुखमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रारम्भिक अनुसन्धानअनुसार घाँटी कसेर हत्या गरिएको आशंका गरिएको छ। साथै, मृतकको कम्मर मुनिको कपडा हराएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ, जसले घटना अझ शंकास्पद बनाएको छ।

Advertisement

मृतकका श्रीमान् प्रेम बुढाथोकी वैदेशिक रोजगारीका लागि कोरियामा छन्। उनी हालै पाँच वर्षपछि एक महिनाका लागि घर फर्केका थिए र केही समयअघि पुनः कोरिया गएका थिए। हत्या कसले र किन गरेको भन्नेबारे प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article