समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भारतको पूर्वी राज्य बिहारमा मौसमको कहर: असिना पानीले २५ जनाको ज्या*न लि*यो

भारतको पूर्वी राज्य बिहारमा असिना पानीले व्यापक जनधनको क्षति पुर्‍याएको छ। बिहीबार मात्रै विभिन्न जिल्लामा असिना पानीका कारण २५ जनाको ज्यान गएको राज्य सरकारले जनाएको छ।

Advertisement

बिहारका मुख्यमन्त्री नितिशकुमारले मृतकका परिवारलाई चार लाख भारतीय रुपैयाँ (अन्दाजी चार हजार ६४९ अमेरिकी डलर) आर्थिक राहत दिने घोषणा गरेका छन्। विगत दुई दिनदेखि राज्यमा पानीजन्य प्रकोपले मृतकको सङ्ख्या बढ्दो क्रममा रहेको सरकारको भनाइ छ।

Advertisement

यसैबीच, भारतीय मौसम विभागले आगामी दुई दिनका लागि राज्यका १३ जिल्लामा मौसमसम्बन्धी जोखिमको चेतावनी जारी गरेको छ। विभागले स्थानीयहरूलाई विशेष सतर्कता अपनाउन र आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ। प्रकोपबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य पनि तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article