समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

दुर्गा प्रसाईँ भारतको आसामबाट पक्राउ, प्रहरीको “भद्रपुरमै समातेको” दाबीप्रति प्रश्न उठ्यो

हल्दिबारी, चैत २९ — नेपाल प्रहरीको विशेष ब्यूरो टोलीले तीनकुनेमा भएको घटनामा संलग्न भएको आरोपमा दुर्गा प्रसाईँलाई भारतको आसामबाट पक्राउ गरी आज बिहान झापा ल्याएको छ।

Advertisement

प्रसाईँलाई भारतीय राज्य आसामको वास्का जिल्लामा एक नेपाली मूलका नागरिकको घरबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीको विशेष ब्यूरो, उपत्यका अपराध अनुसन्धान कार्यालय र भारतीय सुरक्षाकर्मीको संयुक्त पहलमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको थियो। त्यसपछि भारतीय सुरक्षाकर्मीले उनलाई काँकडभिट्टा बोर्डरसम्म पुर्‍याएपछि स्कोरपियो गाडीमार्फत नेपाल प्रवेश गराइएको हो।

Advertisement

नेपाल प्रहरीले भने प्रसाईँलाई झापाको भद्रपुरबाट पक्राउ गरिएको भनी जानकारी दिएको छ। प्रहरीले जारी गरेको विज्ञप्तिमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यको हस्ताक्षरमा भद्रपुरलाई पक्राउ स्थलका रूपमा उल्लेख गरिएको छ।

तर, प्रसाईँ सवार गाडी काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गरिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीको दाबीमा प्रश्न उठेका छन्। प्रहरी स्रोतले भने, “हाम्रो अधिकार क्षेत्र नेपालभित्रमात्र हो, त्यसैले बाहिर पक्राउ गरिएको भन्ने केही छैन। हामीले झापामै पक्राउ गरेर काठमाडौँ ल्याएका हौँ।”

नेपाल र भारतबीच सुपुर्दगी सन्धि नभएकाले यस्तो खालका गिरफ्तारीहरूमा औपचारिक प्रक्रियाको सट्टा गुपचुप रूपमा अभियुक्तलाई सीमावर्ती क्षेत्रमा ल्याई गिरफ्तारी देखाउने परिपाटी रहेको जानकारहरू बताउँछन्।

भद्रपुर विमानस्थलबाट बुद्ध एयरको उडानमार्फत काठमाडौं ल्याइएका प्रसाईँलाई अब तीनकुने झडपसँग सम्बन्धित आरोपमा अनुसन्धान अघि बढाइने जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article