समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा रात्रिकालिन बसबाट लागुऔषध गाँजा र जेली बरामद, दुई भारतीय नागरिक पक्राउ

झापा, चैत २९ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–५ स्थित सिटी सेन्टर नजिकै पूर्व–पश्चिम राजमार्गमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

Advertisement

शुक्रबार दिउँसो १२:५५ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौबाट काकडभिट्टा जाँदै गरेको प्र.३–००१ ख २८२५ नम्बरको ‘न्यू सृष्टी गोल्ड’ रात्रिकालिन बस चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद गरेको हो।

Advertisement

बसमा सवार भारतको कर्नाटक राज्य, बैंगलोर ईजिपुरा बस्ने ३७ वर्षीया सनम सेख र नागावार बस्ने ५१ वर्षीय ईबराहिम केथाड्थलाई शंका लागि जाँच गर्दा उनीहरुको २ वटा सुटकेश झोलाभित्र चिप्सको ३६ प्याकेटमा लुकाइ राखिएको ५ केजी ५३४ ग्राम गाँजा र दुई वटा ‘CHUPA CHUPS MELON’ डब्बामा राखिएको लिसायाँ जस्तो देखिने जेली (JELLY) ८ थान फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article