समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको बाह्रदशीमा पोखरीमा डुबेर बालकको मृत्यु

झापा, चैत्र २९ । अर्जुनधारा नगरपालिका वडा नं. ३ निवासी लोकबहादुर तामाङका ९ वर्षीय छोरा कृष्ण तामाङको पोखरीमा डुबेर मृत्यु भएको छ।

Advertisement

मिति २०८१ साल चैत्र २९ गते दिउँसो करिब ३ बजे आमा सिया लामा आफ्नो माइतीघर बाह्रदशी गाउँपालिका वडा नं. २, किरात टोलस्थित पदम लामाको घरमा लगेको बेला कृष्ण तामाङ घरदेखि करिब ५० मिटर पूर्व रहेको पोखरीको डिलमा खेल्ने क्रममा अचानक पानीमा डुबेका थिए।

Advertisement

गम्भीर अवस्थामा उद्धार गरिएका तामाङलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। तर, अस्पतालमा उपचारको क्रममा साँझ ४:५० बजे उनलाई मृत घोषणा गरिएको हो।

प्रहरीका अनुसार कानुनी प्रक्रिया र आवश्यक अनुसन्धान कार्यहरू भइरहेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article