समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बसको झ्यालबाट टाउको निकाल्दा गेटमा ठोक्किएर किशोरीको मृत्यु

म्याग्दी, बेनी । मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको ज्यान गएको छ।

Advertisement

गएको राति करिब १० बजेतिर रा १ ख १६१३ नम्बरको बस बेनी नगरपालिका–९, गलेश्वरस्थित धर्मशाला परिसरमा प्रवेश गर्ने क्रममा बसको झ्यालबाट टाउको निकालेर बसेकी सल्यान त्रिवेणी गाउँपालिका–६, लवाङकी १५ वर्षीया सरस्वती ओलीको गेटमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले जानकारी दिए।

Advertisement

गम्भीर घाइते अवस्थामा रहेकी ओलीलाई तत्काल बेनी प्रादेशिक अस्पताल लगिएको थियो, तर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। अहिले उनको शव पोष्टमार्टमका लागि अस्पतालको शवगृहमा राखिएको छ भने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article