समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको कनकाईमा मोटरबाट करेन्ट लाग्दा एकजनाको मृत्यु

झापा, चैत्र ३० । आज बिहान झापाको कनकाई नगरपालिकामा विद्युतीय मोटरबाट करेन्ट लाग्दा एक व्यक्तिको मृत्यु भएको छ।

Advertisement

कनकाई नगरपालिका वडा नम्बर १ निवासी ६६ वर्षीय ताराबहादुर विश्वकर्माको करेन्ट लागेर ज्यान गएको हो। बिहान करिब ११ बजेतिर उनले आफ्नै घरमा पानी तान्ने मोटरको तार जडान गर्ने क्रममा अचानक करेन्ट लागेको थियो।

Advertisement

घटनापछि घाइते भएका विश्वकर्मालाई उपचारको लागि आफन्तहरूले बिर्तासिटी अस्पताल बिर्तामोडतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ।

विद्युत् सुरक्षासम्बन्धी सावधानी नअपनाउँदा यस्ता दुर्घटना भइरहने भएकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article