समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीमा जिउँदो खसीलाई रुखमा झुन्ड्याएर मासु चोरेर लगे

झापा, ३१ चैत्र । झापा जिल्लाको हल्दिबारी गाउँपालिका–२, राई टोल भन्दा केही तलको गाउँमा खोरमा बाँधिएको खसीलाई अज्ञात व्यक्तिहरूले चिया बगानको बीचमा लगेर रुखमा झुन्ड्याएका थिए।

Advertisement

जीवित रहेको खसीलाई क्रूरतापूर्वक तड्पाएर बिचको मासु काटेर चोरेर लगिएको अवस्थामा फेला पारिएको हो। यस्तो अमानवीय र क्रूर घटना देखेर स्थानीयवासी स्तब्ध भएका छन्।

Advertisement

हाल घटनाको जानकारी सम्बन्धित निकायलाई दिइएको छ र अनुसन्धान अगाडि बढाइएको छ। यस घटनाले गाउँमा त्रासको वातावरण सिर्जना गरेको छ भने पशुपालनमा आश्रित किसानहरू पनि चिन्तित छन्। स्थानीयहरूले दोषीको पहिचान गरी कारबाही गर्न माग गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article