समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापामा जंगली हात्तीको आक्रमण: दाउरा संकलन गर्न गएका युवक घाइते

झापा, वैशाख २ । झापा जिल्लाको मेचिनगर नगरपालिका–१२ कालिकास्थित सामुदायिक वनमा शनिबार बिहान जंगली हात्तीको आक्रमणबाट एक युवक घाइते भएका छन्।

Advertisement

दाउरा संकलन गर्न गएका ३२ वर्षीय सन्तोष लिम्बु जंगली हात्तीको एक्कासी आक्रमणबाट घाइते भएका हुन्। करिब १० बजे घटेको उक्त घटनामा हात्ती देखेपछि ज्यान बचाउन भाग्ने क्रममा लडेर सन्तोष घाइते भएका थिए।

Advertisement

घटनास्थलमा रहेका उनका भाई सुजन लिम्बुले तत्काल उद्धार गरी सन्तोषलाई बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍याएका थिए। अस्पताल स्रोतका अनुसार सन्तोषको बाँया खुट्टा भाँचिएको छ भने उनको अवस्था सामान्य रहेको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी चारआलीबाट प्रहरी नायव निरीक्षक प्रमोद रेग्मीको टोली घटनास्थलमा पुगेको थियो। झापा प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article