समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको जलेश्वरधाममा पहिलोपटक १९ जोडीको सामूहिक विवाह सम्पन्न

झापा, अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित जलेश्वरधाममा बुधबार पहिलोपटक १९ जोडीको सामूहिक विवाह सम्पन्न भएको छ।

Advertisement

विश्व हिन्दु परिषद् नेपाल र जलेश्वरधाम विकास समितिको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रम झापा सहित विभिन्न जिल्लाका जोडीहरुको सहभागितामा सम्पन्न भएको हो।

Advertisement

विवाह समारोह जलेश्वरधाम विकास समितिको सक्रियतामा हिन्दु परम्पराअनुसार आयोजना गरिएको थियो। समितिका अध्यक्ष नवीन गट्टानीका अनुसार, सबै जोडीको विवाह अभिभावकको उपस्थितिमा, वडा कार्यालयको उमेर सिफारिसको आधारमा, विधिपूर्वक गराइएको हो।

विवाहमा सहभागी जोडीहरूलाई श्रंगारिक कपडा, बेहुलीलाई सुनको तिलहरीसहितको पोते, गाग्री, खड्कुँला लगायतका भाँडावर्तन र शुद्ध शाकाहारी खानाको व्यवस्था गरिएको थियो।

समितिले आगामी वर्षदेखि १०८ जोडीको सामूहिक विवाह आयोजना गर्ने लक्ष्य लिएको समेत अध्यक्ष गट्टानीले जानकारी दिए। सामूहिक विवाहले आर्थिक रूपमा कमजोर परिवारलाई ठूलो राहत पुग्ने विश्वास आयोजकहरूको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article